चितवन विशेष

आचार्यको संयोजकत्वमा युवा संघ माडी-७ कमिटी गठन

Banner

माडी,चैत १९-

नेकपा (एमाले) निकट युवा संघ नेपालको माडी नगरपालिका ७ मा वडा अधिवेशन सम्पन्न भएको छ । वडा संयोजक सन्देश आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि एमाले पूर्व जिल्ला कमिटी सदस्य विमल केसी रहनुभएको थियो । अधिवेशनले पुनः सन्देश आचार्यको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा सफल गौतम,सचिवमा विमल पुन मगर,उपसचिवमा पुजा आचार्य र दिपक अधिकारी चयन हुनुभएको छ । भेलाले ७१ सदस्सीय कमिटी गठन गरेको हो ।

साथै भेलाले २६ गते माडीको बन्तपुरमा हुने राष्ट्रिय युवा संघको माडी नगर कमिटीको अधिवेशनका लागि प्रतिनिधि पठाएको छ । नवनिर्वाचित पदाधिकारी र सदस्यलाई राष्ट्रिय युवा संघ माडी संयोजक मुन्ना मियाले पद तथा गोपनियताको सपथ गराउनुभएको थियो । भेलालाई एमाले वडा सचिव गोविन्द भण्डारी,संघका जिल्ला सहसचिव दिपक भण्डारी,पूर्व जिल्ला कमिटी सदस्य विमल केसीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>