राजनीति

पूर्वपरराष्ट्रमन्त्री लोहनीको प्रधानमन्त्रीलाई प्रश्नः मित्रता कायम गर्न लम्पसार नै हुनुपर्छ ?

Banner

काठमाडौं, चैत १९ –

पूर्वपरराष्ट्रमन्त्री तथा राप्रपा नेता डा.प्रकाशचन्द्र लोहनीले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गरेका छन् । उनले प्रधानमन्त्री देउवा भारतमा भारतीय जनता पार्टी र सोही पार्टीको सरकारसामु ‘लम्पसार’ भए‘को टिप्पणी गरे ।

सामाजिक सञ्जाल ट्वीटरमा शनिबार बिहान डा। लोहनीले लेखेका छन्, ‘सम्मानीय प्र।म। देउवाले भारतमा दुईटा नयाँ कुरा गरिसक्नुभयो । पहिलो, उहाँले प्रतिपक्षी नेतासँग भेट्नु भएन । दोस्रो उहाँले बिजेपी नेतासँग भेट्न पार्टी अफिसमै जानुभयो । मेरो प्रश्न के मित्रता कायम गर्न ‘लम्पसार’ नै हुनुपर्छ र ?’

प्रधानमन्त्री देउवाले पदीय मर्यादासमेत नराखेको लोहनीको आरोप छ । ‘आफ्नो मर्यादा आफैंले राख्ने कि नराख्ने रु’ लोहनीले अर्को प्रश्न गरेका छन् ।

प्रधानमन्त्री देउवा शुक्रबार भारतको तीन दिने औपचारिक भ्रमणमा गएका हुन् ।

उनले त्यहाँ विपक्षी दलको नेतासँग नभेटेको र भारतीय जनता पार्टीको कार्यालयमै गएर उक्त पार्टीका नेतासँग भेटेको भन्दै पूर्वपरराष्ट्रमन्त्रीदेखि परराष्ट्र मामिलाका जानकारहरूले देउवाको आलोचना गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>