चितवन विशेष

चितवनको माडीमा माओवादी केन्द्रका २० कार्यकर्ता एमालेमा प्रवेश

Banner

चितवन,चैत १८-

चितवनको माडी नगरपालिका वडा नं ९ मा २० जना एमालेमा प्रवेश गरेका छन्। माडी नगरपालिका वडा नं ९ हनुमानझुलामा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादीका २० जना कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रमको प्रमुख अतिथी नेकपा एमालेका केन्द्रिय सदस्य तथा राष्ट्रिय सभा सदस्य पार्वती रावलले नव प्रवेशीलाई स्वागत गर्दै हनुमानझुलाको विकासमा नेकपा एमालेका केन्द्रिय अध्यक्ष केपि ओलिको नि विशेष चासो रहेको बताउनुभयो। उहाँले हनुमानझुला बासिको सुकुम्बासी समस्यालाई आफुले राम्रोसँग बुझेको बताउदै हनुमानझुला बासीको समस्या समाधान गर्न आफु र नेकपा एमालेका नेतृत्व लागि पर्ने बताउनुभएको छ।

नवप्रवेशी कर्ण बहादुर विश्वकर्माले नेकपा माओवादीका लागी आफ्नो परिवारले नै जनयुद्ध लडेको तर त्यस्को कदर नभएको र सिमित मान्छेले मात्र त्यसको स्वार्थ लुटेकोले नेकापा एमालेमा लागेको बताउनुभयो।

पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले चितवन क्षेत्र नं ३ का ईञ्चार्ज श्यामकुमार बिष्ट, जिल्लाकमिटि सदस्यहरु जितबहादुर शाही , नारायण पौडेल, ताराकाजी कुमारी महत्तो, माडी नगर अध्यक्ष नारायण अधिकारी , सचिव श्रीप्रसाद दवाडी सह सचिव मोहदत्त काफ्ले, वडा नं ९ का वडाध्यक्ष तथा नेकपा एमाले माडीको इन्चार्ज शिवहरि सुवेदी, माडीका सह इन्चार्ज रेशमलाल आचार्य मथुरा भण्डारीले पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गर्नुभएको थियो ।

कार्यक्रम माडी नगरपालिका वडा नं ९ का वडा कमिटी उपाध्यक्ष राजु अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>