चितवन विशेष

मंगलपुर साकोसको आयोजनामा आधारभूत लेखा तालिम

Banner

चितवन, चैत १८-

मंगलपुर बचत तथा ऋण सहकारी संस्थाले दुई दिने आधारभूत लेखा तालिम सञ्चालन गरेको छ ।

संस्थाको शिक्षा उपसमितिको आयोजना तथा शान्तिदीप एकता टोल विकास संस्थाको समन्वयमा आज शुक्रबारदेखि तालिमको सुरुआत गरेको लेखा तालिम दुई दिनसम्म सञ्चालन हुने व्यवस्थापक रामजी घिमिरेले जानकारी दिए ।

तालिममा मंगलपुर बचत तथा ऋण सहकारी संस्थाको कार्यक्षेत्र अन्तर्गत रहेको १३ वटा टोल विकास समितिका पदाधिकारी तथा सदस्य, सञ्चालक, लेखा समितिका सदस्य, सहकारी संस्थामा आवद्ध सेयर सदस्य, विद्यालयका शिक्षक लगायत गरि जनाको सहभागिता रहेको छ । तालिमको प्रशिक्षकमा संस्थाको शिक्षा उपसमिति संयोजक नवीन न्यौपाने, सदस्य प्रतिमा सिलवाल र व्यवस्थापक रामजी घिमिरे रहेका छन् ।

तालिम उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष बाबुराम प्यासी, पुर्व अध्यक्ष क्षेत्रप्रसाद सापकोटा, लेखा समिति संयोजक सुदीप पौडेल, शान्तिदीप एकता टोल विकास संस्थाका अध्यक्ष शिशिर सापकोटा लगायतले बोलेका थिए । तालिम भोलि शनिबारसम्म चल्ने आयोजकले जनाएको छ ।

१८ वर्षअघि सुरु भएको मंगलपुर बचत तथा ऋण सहकारी संस्थाको हाल करब दुई हजार जना सेयर सदस्य रहेका छन् भने संस्थाले वार्षिक ३० करोडको हाराहारीमा कारोबार गर्ने व्यवस्थापक घिमिरेले जानकारी दिए । संस्थाले बैशाख महिनाबाट नारयणगढमा सेवा केन्द्र सञ्चालनको समेत तयारी गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>