राजनीति
लोसपाका केन्द्रीय सदस्य यादव कांग्रेसमा प्रवेश
०

काठमाडौं,चैत १३-
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय सदस्य विजकुमार यादव नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । आइतबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले उनलाई पार्टी प्रवेश गराएका हुन् ।
कार्यक्रममा यादवले लोकतन्त्र र स्थायित्व दिने पार्टी कांग्रेस मात्रै भएकाले आफू कांग्रेसमा आएको बताए । “नेपाली कांग्रेस मात्रै लोकतन्त्र, स्थायित्व दिने पार्टी हो । त्यसैलाई आत्मसात् गरेर कांग्रेस प्रवेश गरेको हुँ,” उनले भने ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























