राजनीति

सत्ता गठबन्धन बैठकः चुनावी तालमेलको मोडालिटी बनाइँदै

०
Banner

काठमाडौं,चैत ९-

सत्ता गठबन्धन आबद्ध दलहरू स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने विषयमा घनीभूत छलफलमा जुटेका छन् । निर्वाचन मिति नजिकिँदै गर्दा गठबन्धन आबद्ध दलले स्थानीय प्रभाव हेरेर चुनावी तालमेल गर्ने विषयमा छलफल अघि बढाउँदै मोडालिटी तय गर्न अघि बढेका हुन् ।

महानगर र उपमहानगर प्राथमिकतामा

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालका शीर्ष तहका नेताबीच मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चुनावी तालमेल’बारे छलफल भएको थियो । सो छलफलमा तालमेलको मोडालिटीका विषयमा पनि छलफल भएको छ । त्यस्तो मोडालिटी तयार गर्न संयन्त्र बनाउने विषयमा गठबन्धन आबद्ध शीर्ष नेता सहमत छन् ।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए । जसपा अध्यक्ष उपेन्द्र यादव भने काठमाडौंबाहिर भएकाले बैठकमा सहभागी भएनन् ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष नेपालले ६ महानगरपालिका र ११ उपमहानगरपालिका तथा नगरपालिकाहरूमा गठबन्धनले तालमेलको निर्णय गर्न ढिला गर्न नहुनेमा जोड दिएका थिए ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले भने पार्टीमा छलफल गरेर तालमेल’बारे निर्णय लिने भनेका थिए । उनले महानगर, उपमहानगर र नगरपालिकामा केन्द्रमा छलफल गर्ने तीबाहेकका स्थानीय तहमा दलहरूको अवस्था हेरेर तालमेलमा अघि बढ्न सकिने बताएका थिए । राजधानी दैनिकमा खबर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>