राजनीति

प्रचण्ड भिख माग्दै बालुवाटार र बालकोट धाइरहनुभएको छः धनराज गुरुङ

Banner

काठमाडौं,चैत ७-

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कहिले कचौरा लिएर बालकोट त कहिले बालुवाटार पुग्ने गरेको बताएका छन् ।

केही दिनअघि प्रचण्ड समेतका नेतालाई लक्षित गर्दै ‘चमेराहरु चुनावमा कांग्रेसरुपी हात्तीको कानमा ओत लाग्न खोज्दैछन्’ भन्ने अभिव्यक्ति दिएका गुरुङले स्व. गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा यस्तो टिप्पणी कटाक्ष गरेका हुन् । यसअघि प्रचण्डले आफूहरुमाथि कांग्रेस नेताहरुले अतिवादी अभिव्यक्ति दिएको भन्दै प्रतिवाद गरेका थिए ।

गुरुङले सोमबार प्रचण्डलाई भने, ‘गिरिजाले आफू हारेपनि देश हार्न हुन्न भन्थे, उता सँगै हस्ताक्षर गर्ने प्रचण्डचाहिँ आफू हार्न हुन्न देश हारे हारोस भन्छन् । तपाईं (प्रचण्ड) लाई हेरेर बिचरा भन्न मनलाग्यो । कहिले कचौरा लिएर बालकोट पुग्नु हुन्छ कहिले बालुवाटार १’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>