चितवन विशेष
इनारमा डुबेर माडीका ७४ वर्षीया वृद्धाको मृत्यु
०
चितवन, चैत ६
इनारमा डुबेर एक वृद्धाको मृत्यु भएको छ । माडी नगरपालिका–७ किर्तनपुर प्रगतिटोल निवासी ७४ वर्षीया सुकमायाँ रानाभाटको इनारमा डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान घरबाट निस्कनुभएकी रानाभाट अबेरसम्म घर नपुगेपछि उहाँको खोजी भएको थियो । घर नजिकैको इनारबाहिर चप्पल तथा लौरो भेटिएको र वृद्धा डुबेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । वृद्धाको शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























