कर्णाली

माओवादी केन्द्र परित्याग गरेका सांसद विष्ट एमाले प्रवेश गर्दै

Banner

सुर्खेत, चैत ६-

माओवादी केन्द्र परित्याग गरेका निवर्तमान प्रदेश सांसद ठम्मर विष्टसहितको समूह एमालेमा समाहित हुने भएको छ । विष्टलाई एमालेमा स्वागत गर्न आइतबार एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सुर्खेत आइपुगेका छन् । सुर्खेतको वीरेन्द्रनगरस्थित सुर्खेत सभा गृहमा आयोजना हुने कार्यकर्ता प्रशिक्षण कार्यक्रममा विष्टलाई पार्टीमा समाहित गराउने एमालेले जनाएको छ ।

विष्टसँगै माओवादी केन्द्रका अन्य जिल्लास्तरीय नेताहरू पनि एमाले प्रवेश गर्ने तय भएको छ । विष्ट एमाले प्रवेश गरेलगत्तै सुर्खेतको पूर्वी क्षेत्रमा माओवादीको तर्फबाट कमिटीहरू एमालेमा समाहित गर्ने तयारी भएको छ ।

राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, विकास र समृद्धिको दिशामा हालको पार्टी नेतृत्व लाग्न नसकेको, पहिला कार्यकर्तालाई सडकमा पठाएर पछि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गरिनुलगायतको कारण आफूले पार्टी छाडेको विष्टले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>