नवलपुर
नवलपुरमा १०३० म्यादी प्रहरीको भर्ना खुल्यो
०

नवलपुर,चैत ६-
जिल्ला प्रहरी कार्यालय नवलरासी (पूर्व)ले म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ। आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नवलपुरमा म्यादी प्रहरीको भर्ना प्रकृया अगाडि बढाईएको हो।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने १ हजार ३० जना म्यादी प्रहरीको लागि भर्ना खुलाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का प्रवक्ता डिएसपी दिलिप कुमार गिरीले जानकारी दिनुभयो।
म्यादी प्रहरीका लागि १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेका नेपाली नागरीकले निःशुल्क रूपमा दरखास्त बुझाउन सक्नेछन् । दरखास्त दिन आउँदा नेपाली नागरिकताको प्रतिलिपि र ४ थान पासपोर्ट साईजको फोटो लिएर आउन समेत गिरिले आग्रह गर्नुभयो।
नेपाल सरकारले छनोट गर्ने छनोट प्रक्रियामा विशेष गरी पूर्व नेपाल प्रहरी, ससस्त्र प्रहरी, नेपाली सेनालाई प्रथमिकता दिइने छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























