राजनीति

म प्रधानमन्त्री भएपछि नेपालको छबिमा उल्लेख्य वृद्धि भयोः देउवा

Banner

काठमाडौं,चैत ४-

प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार सत्तामा आएपछि आएपछि नेपालको छबिमा उल्लेख्य वृद्धि भएको बताएका छन्। नेपाल विश्व सम्बन्ध परिषद्को ७४औँ वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा उनले नेपाल र नेपाली जनताको हित प्रवर्द्धनमा केन्द्रित भएर अन्तर्राष्ट्रिय समुदायमा देशको छबि उकास्ने, सबै देशबाट अधिकतम सद्भाव, समर्थन र सहयोग प्राप्त गर्न सक्रियताका साथ अनुकूल अन्तर्राष्ट्रिय वातावरण सिर्जना गर्ने लक्ष्य राखेको धारणा व्यक्त गरे।

प्रधानमन्त्री देउवाले कोभिड १९ ले निम्त्याएको सीमितताका बाबजुद सरकारले अन्तर्राष्ट्रिय संलग्नतालाई तीव्रता दिइरहेको उल्लेख गर्दै त्यस्ता फोरमहरूमा नेपालको सक्रिय र अर्थपूर्ण सहभागिताले हाम्रो अन्तर्राष्ट्रिय दृश्यता बढाउन मद्दत गरेको धारणा व्यक्त गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>