चितवन विशेष

चैत ६ र ७ गते फोनिजको महाधिवेशन चितवनको सौराहामा

Banner

दिपेश चौधरी

चितवन, चैत ४-

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)को सातौँ राष्ट्रिय महाधिवेशन पर्यटकीय नगरी सौराहामा हुने भएको छ । महाधिवेशन यही चैत ६ र ७ गते हुने तय भएको छ ।

फोनिजका महासचिव मनोज घर्ती मगरका अनुसार महाधिवेशनमा देशभरका ६० जिल्लाबाट ४८८ पत्रकार सहभागी हुनेछन् । यस्तै बेलायत, अमेरिका, जापान, दक्षिण कोरिया, मलेसियालगायत देशमा रहेका आठ विदेश शाखा, आठ संस्थागत सदस्य संस्था तथा सात प्रदेश समितिका पदाधिकारी सहभागी हुने उहाँले जानकारी दिनुभयो । सौराहाको थारु सांस्कृतिक घरमा हुने महाधिवेशनले तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>