खेलकुद

आर्सनललाई हराउँदै लिभरपुलले सिटीसँगको दूरी एक अंकमा झार्‍यो

०
Banner

काठमाडौं, चैत ३–

इंग्लिस प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा आर्सनललाई २–० अन्तरले पराजित गर्दै दोस्रो स्थानको लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसंगको दूरी एक अंकमा झारेको छ ।

लण्डनमा लिभरपुललाई जिताउन दोस्रो हाफमा डिअगो जोटा र रोबर्टो फर्मिनोले एक–एक गोल गरे ।

जितसंगै लिभरपुलको २९ खेलबाट ६९ अंक छ । शीर्ष स्थानको सिटीको समान खेलबाट ७० अंक छ ।

हारसंगै तेस्रो स्थानमा उक्लिने मौकाबाट चुकेको आर्सनल ५१ अंकसहित चौथो स्थानमा छ ।

यता गय राति नै भएको अर्को खेलमा टोटनहमले ब्राइटनलाई २(० अन्तरले पराजित गर्यो । टोटनहमको जितमा क्रिष्टियन रोमेरो र ह्यारी केनले समान एक(एक गोल गरे ।

जितसंगै टोटनहम ४८ अंक सहित सातौं स्थानमा छ । ३३ अंक सहित ब्राइटन १३ औं स्थानमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>