खेलकुद
आर्सनललाई हराउँदै लिभरपुलले सिटीसँगको दूरी एक अंकमा झार्यो
०

काठमाडौं, चैत ३–
इंग्लिस प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा आर्सनललाई २–० अन्तरले पराजित गर्दै दोस्रो स्थानको लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसंगको दूरी एक अंकमा झारेको छ ।
लण्डनमा लिभरपुललाई जिताउन दोस्रो हाफमा डिअगो जोटा र रोबर्टो फर्मिनोले एक–एक गोल गरे ।
जितसंगै लिभरपुलको २९ खेलबाट ६९ अंक छ । शीर्ष स्थानको सिटीको समान खेलबाट ७० अंक छ ।
हारसंगै तेस्रो स्थानमा उक्लिने मौकाबाट चुकेको आर्सनल ५१ अंकसहित चौथो स्थानमा छ ।
यता गय राति नै भएको अर्को खेलमा टोटनहमले ब्राइटनलाई २(० अन्तरले पराजित गर्यो । टोटनहमको जितमा क्रिष्टियन रोमेरो र ह्यारी केनले समान एक(एक गोल गरे ।
जितसंगै टोटनहम ४८ अंक सहित सातौं स्थानमा छ । ३३ अंक सहित ब्राइटन १३ औं स्थानमा छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























