खेलकुद

एट्लेटिकोसँग पराजित हुँदै बाहिरियो युनाइटेड

Banner

काठमाडौं, चैत २–

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड यूइएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ ।

मंगलबार राति भएको दोस्रो लेगमा एट्लेटिको मड्रिडसँग १–० अन्तरले पराजित भएपछि समग्रमा २–१ को हार व्यहोर्दै स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो सम्मिलित युनाइटेड बाहिरिएको हो ।

ओल्ड ट्राफोर्डमा एट्लेटिकोलाई जित दिलाउन रेनान लोडीले खेलको ४१औँ मिनेटमा निर्णायक गोल गरे । स्पेनमा भएको पहिलो लेगमा युनाइटेड र एट्लेटिकोले १–१ गोलको बराबरी खेलेका थिए ।

जितसँगै एट्लेटिको च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>