खैरहनी

संस्थागत क्षमता मुल्यांकनमा खैरहनी नगरपालिका पहिलो

Banner

चितवन, फागुन २६–

लगातार दोश्रो पटक स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा खैरहनी नगरपालिका पहिलो हुँदा माडी नगरपालिका पुछारमा परेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्वमुल्यांकन नजितामा खैरहनीले गत अघिल्लो वर्षको नजितामा सुधार गर्दै संघ र प्रदेशमा एक एक स्थान सुधार गरेको छ । बागमती प्रदेशमा एक स्थान सुधार गर्दै तेश्रो हुँदा संघमा छैठौ स्थानमा उक्लिएको छ । खैरहनीले एक सय पूणांकमा ९१.२५ प्रतिशत अंक प्राप्त गरेको छ ।

शासकीय प्रवन्ध,संगठन तथा प्रशासन,वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तिय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पुर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन र सहकार्य तथा समन्वय गरि १० वटा सुचकलाई आधार मानेर मुल्यांकन गरिएको थियो । मन्त्रालयको स्वमुल्यांकनमा जिल्लामा दोश्रो तथा देशभर २७ औं स्थानमा रहेको रत्ननगर नगरपालिकाले ८३ अंक, जिल्लामा तेश्रो तथा देशभर ५७ औं स्थानमा परेको भरतपुर महानगरपालिकाले ७८ अंक प्राप्त गरेको छ ।

जिल्लामा चौथो तथा देशभर ६३ औं स्थानमा परेको इच्छाकामना गाउँपालिकाले ७७ अंक,जिल्लामा पाँचौ तथा देशभर ६५ औं स्थानमा परेको कालिका नगरपालिकाले ७६.७५ अंक पाएको छ । त्यस्तै जिल्लामा छैठौ तथा देशभर ६८ औं स्थानमा रहेको राप्ती नगरपालिकाले ७६.२५ अंक प्राप्त गरेको छ ।

मुल्यांकनमा खैरहनी नगरपालिका दोश्रो पटक प्रथम भएपछि प्रतिक्रिया दिदै नगर प्रमुख लालमणि चौधरीले कर्मचारी, जनप्रतिनिधि, नगरवासीको संयुक्त प्रयासले उत्कृष्ठ नगरपालिका वनेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>