इच्छकामना

चितवनमा उत्खननमा प्रयोग गरिएका २० सवारी साधन नियन्त्रणमा

Banner

चितवन,फागुन २६-

नदीजन्य पदार्थको चोरी कार्यमा संलग्न २० वटा सवारी साधनलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । इच्छाकामना गाउँपालिका–७ भालुमारामा आज बिहान नदीजन्य पदार्थको अवैध उत्खननमा प्रयोग गरिएका सवारी साधनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

नदिजन्य पदार्थको उत्खनन तथा ओसार पोसार गरिरहेको अवस्थामा ४ वटा जेसिबी, लोड गरिसकेका १० वटा टिपर र ६ वटा ट्रयाक्टर गरी जम्मा २० वटा सवारी साधनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी जिल्ला समन्वय समितिमा बुझाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>