कालिका

नारी दिवसः चितवनको कालिकामा विद्यार्थीहरुलाई आत्मरक्षा तालिम

Banner

चितवन, फागुन २४–

रोट्रयाक्ट क्लब अफ रत्ननगर र लैङ्गकि हिंसा नियन्त्रण संजाल चितवनको संयुक्त आयोजनामा मंगलबार रत्ननगरमा महिला सचेतना तथा आत्मरक्षा सम्बन्धि तालिम सम्पन्न भएको छ ।

११२औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा कालिका नगरपालिका–१ स्थित, राष्ट्रिय आधारभूत विद्यालय समिपुरमा तालिम कार्यक्रम गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नवराज अधिकारीले महिलाको हक–अधिकार सुनिश्तिताका लागि प्रहरी सधैं लागि पार्ने बताउँदै कोही महिला उत्पीडनमा परे प्रहरीलाई जानकारी दिन अनुरोध गरे ।

यस्तै, कालिका नगरपालिका वडा नम्वर १ का अध्यक्ष लिलाबहादुर गुरुङ र महिला सशक्तीकरण तथा परिवर्तनशिल संस्थाका अध्यक्ष संगीता भट्टराईले महिला हिंसा दिनहुँ बढ्दै गएको भन्दै आत्मरक्षाको लागि तालिम आवश्यक रहेको बताएका थिए ।

रोट्रायाक्ट क्लब अफ रत्ननगरका अध्यक्ष राजीव शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, नेपाल रेड्क्रस सोसाइटी कालिकाका सचिव मञ्जु, सिंखडा, प्रशिक्षक फुलमाया कुमाल, विद्यालयका प्राचार्य धर्मेन्द्र जङ्ग रायमाझी, रोट्रयाक्ट रत्ननगरका सदस्यहरु लगायतको उपस्थिति थियो ।

कार्यक्रम रोट्रयाक्टकी सह–सचिव एलिना अर्यालले संचालन गरेकी थिइन् । तालिममा १५० जना छात्राहरुको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>