नवलपुर
पल शाहलाई थप अनुसन्धानका लागि नवलपुरको गैडाकोट ल्याइदै

नवलपुर,फागुन २४-
नाबालिक गायिकालाई जबर’जस्ती करणी गरेको आरोप लागेका नेपाली चलचित्रका नायक पल शाहलाई थप अनुसन्धानका लागि नवलपुरको गैडाकोट ल्याइने भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीका अनुसार शाहलाई आज नै नवलपुर ल्याउने गरी पहल थालिएको छ ।
नवलपुरका गैडाकोटमा रहेको गैडाकोट रिर्साटमा नाबालिका गायिकाको क’रणी सम्बन्धित पहिलो घटना भएको स्थल रहेको र इलाका प्रहरी कार्यालय गैडाकोटमा पनि पीडित गायिकाको आफन्तले उ’जुरी दिएका कारण उनलाई नवलपुरबाट पनि अनुसन्धान थालिएको हो । गिरीका अनुसार पल शाहलाई नवलपुरमा ल्याएर सरकारी वकिल समक्ष वयान लिने काम हुने छ ।
शाहलाई जिल्ला अदालत तनहुले दोस्रो पटक १२ दिन न्या’यिक हिरा’सतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । शाहले जिल्ला प्रहरी कार्यालय तनहुमा आफै गएर गिरफ्तारी दिएका थिए । नवलपुरका प्रहरी उपरीक्षक प्रजज्वल महर्जनले घटनाको जाहेरी नवलपुरमा पनि परेको र घटना स्थल नवलपुर पनि भएकाले तनहु र नवलपुर दुवै ठाँउमा अनुसन्धान हुने बताए ।
























