Uncategorized

गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजानुपर्छ : नेता गच्छदार

Banner

मोरङ,फागुन २२-

नेपाली कांगेसका केन्दीय सदस्य विजयकुमार गच्छदारले वर्तमान गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजानुपर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्र्दै उहाँले गठबन्धन सरकार निर्माणका मात्र नभएर अहिलेको जनताको र राष्ट्रको आवश्यक्ता भएको प्रष्ट पार्नुभयो । पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका गच्छदारले गठबन्धन दलहरुको सुझबुझअनुसार मूलुक ठूलो दुर्घटनाबाट जोगाउन साथै एमसिसी संसद्बाट पास गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गनुभयो ।

उहाँले मुलुकको राजनीतिक समाधानमा गठबन्धन दलले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै विगतमा आफ्नो पार्टी मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीले संविधान निर्वाणमा १६ बुँदे सम्झौता गरेको जानकारी दिनुभयो ।

नेता गच्छदारले एमसिसी विशुद्ध विकास परियोजना भएको चर्चा गर्दै गठबन्धन दलहरुले पार्टीको स्वार्थभन्दा माथि उठी यसलाई पास गराउन सहयोग पु¥याएको धारणा व्यक्त गर्नुभयो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>