राजनीति

बागलुङमा जनमोर्चा बाट निर्वाचित वडाध्यक्ष सहितका कार्यकर्ता एमाले प्रवेश

Banner

बागलुङ,फागुन १७-

ढोरपाटन नगरपालिका वडा नं २ मा राष्ट्रिय जनमोर्चा परित्याग गरि सिङ्गो वडा नै एमालेमा प्रवेश गरेका छ । राष्ट्रिय जनमोर्चाबाट निर्वाचित वडा अध्यक्ष युवराज महत सहितको सिङ्गो कमिटी र सयौँ नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका हुन् । नगर सचिव ज्ञान प्रसाद कँडेलका अनुसार सोमबार मात्रै १५५ बढी कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

बुर्तिबाङमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदय तुल्सिराम अर्याल, प्रदेश सदस्य तथा नगरप्रमुख देव कुमार नेपाली, प्रदेश सदस्य दधिराम अर्याल लगाएतले स्वागत गर्नुभएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>