राजनीति

एमसीसीको विरोधमा आज विप्लव लगायतका दलद्धारा नेपाल बन्द आब्हान

Banner

चितवन, फागुन १६-

नेपालको संसदबाट एमसीसी पास भएको विरोधमा आज ६ कम्युनिस्ट पार्टी र दुई वटा मोर्चाले नेपाल बन्द आब्हान गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकले नेपालका क्रान्तिकारी, देशभक्त, प्रगतिशील राजनीतिक शक्ति र नेपाली जनताले राष्ट्रिय रुपमा अस्वीकृत, विरोध र देशव्यापी जनसंघर्ष गर्दा गर्दै पनि देउवा सरकारले रातारात एमसीसी सम्झौता पारित गरेको भन्दै त्यसविरुद्ध जनसंघर्षको कार्यक्रम घोषणा गरेको हो ।

उनिहरुले राजनैतिक शक्ति र नेपाली जनताले राष्ट्रिय रुपमा अस्वीकृत विरोध र देशव्यापी जनसंघर्ष गर्दा गर्दै पनि देउवा सरकारले एमसीसी पारित गर्ने मुर्खता गरिरहेको भन्दै नेपाल बन्दको घोषणा गरेको जनाएका छन् । मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य एवं चितवन जिल्ला इन्चार्ज घननाथ सापकोटा ‘विकास’ले कालो दिनको रुपमा आज नेपाल बन्द घोषणा गरिएको नारायणी अनलाइनर्लाई जानकारी दिए ।

‘नेपाल आमालाई बेच्ने काम भएको छ, भोलि एक दिन भएपनि आम जनतालाई दुःख कष्ट सही बन्दको समर्थन गरिदिन आग्रह गर्दछु’–इन्चार्ज सापकोटाले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>