राजनीति
सत्ता गठबन्धन दल राष्ट्रिय जनमोर्चाले एमसीसीको विपक्षमा मतदान गर्ने
०

काठमाडौं,फागुन १५-
सत्ता गठबन्धनमा आबद्ध दल राष्ट्रिय जनमोर्चा (राजमो)ले अमेरिकी सहयोग परियोजना (एमसीसी)सम्झौताको विपक्षमा मतदान गर्ने भएको छ । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष समेत रहेकी सांसद दुर्गा पौडेलले आफू एमसीसीको विपक्षमा मतदान गर्ने निर्णयमा अडिग रहेको बताइन् ।
“हामी पूर्वअडानमा कायम छौँ । एमसीसीको विपक्षमा मतदान गर्छौँ,” उनले भनिन् । एमसीसीको विपक्षमा मतदान गर्दा गठबन्धनबाट बाहिरिनु परे पनि तयार रहेको उनको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























