राजनीति
एमसीसी पास गर्ने निर्णयप्रति मेरो गम्भीर असहमति र आपत्ति छः नारायणकाजी
०

काठमाडौं,फागुन १५-
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले व्याख्यात्मक घोषणा सहित एमसीसी सम्झौता पास गर्ने सत्ता गठबन्धनको निर्णयप्रति आफ्नो असहमति र आपत्ति बताएका छन्। उनले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै भनेका छन्,यो निर्णयप्रति मेरो गम्भीर असहमति र आपत्ति रहेको छ। आज बिहानको पार्टीको छलफलमा म लगायत केही कमरेडहरुले मतभेद राखी सकेका छौं।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्ने जानाकारी गराएको बताउँदै आफू लगायतले मतभेद राखेको श्रेष्ठले उल्लेख गरेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























