खैरहनी

चितवनको सुर्यकिरण सहकारीमा ३ दलीय गठबन्धनलाई हराउँदै एमाले विजयी

Banner

चितवन,फागुन १५-

चितवनको खैरहनीमा रहेको सुर्यकिरण किसान वचत तथा ऋण सहकारीको निर्वाचनमा एमाले विजयी भएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको गठबन्धनलाई हराउँदै एमाले विजयी भएको हो ।

शनिबार राती सम्पन्न मत गणनामा एमाले निकटका शेयर सदस्य महेन्द्रराज डल्लाकोटी नेतृत्वको प्यानलनै विजयी भएको छ । संचालक समितिका पदाधिकारी,सदस्य र लेखा समिति सवैमा एमाले निकटका सेयर सदस्य निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित डल्लाकोटीले २४४ मत प्राप्त गर्दा प्रत्यासी नेत्र प्रसाद शर्माले १९२ मत पाएका छन्।

उपाध्यक्षमा भरतराज घिमिरेले २४० मत तथा निकटतम प्रतिद्धन्द्धी पदमराज पन्तले १८८ मत,सचिवमा निर्वाचित विष्णुु पौडेलले २३८ मत तथा प्रतिद्धन्द्धी रुद्र प्रसाद शर्माले १८५ मत प्राप्त गरेको निर्वाचन अधिकृत वसन्त प्रसाद लामिछानेले जानकारी दिए । त्यस्तै कोषाध्यक्षमा चेतनाथ कडेंलले २७० मत ल्याएर निर्वाचित भए । उनका प्रतिद्धन्द्धी केशप्रसाद शर्माले १५८ मत पाए ।

अध्यक्षमा पराजीत शर्मा नेकपा एकिकृत समाजवादीका,उपाध्यक्षमा पराजीत पन्त नेपाली काग्रेशका ,सचिवमा पराजीत डल्लाकोटी नेकपा माओवादी केन्द्र र कोषाध्यक्षमा पराजीत शर्मा एकिकृत समाजवादीका हुन् । सदस्य ,लेखा सुपरिक्षवेक्षण समिति र लेखा सदस्यहरुमा एमाले निकटकै निर्वाचित भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>