खैरहनी

भन्सार छलेर ल्याएका कपडा चितवनको खैरहनीबाट बरामद

Banner

चितवन,फागुन १२-

चितवन प्रहरीले ठूलो परिमाणमा कपडा बरामद गरेको छ । पूर्व–पश्चिम राजमार्गको खैरहनी नगरपालिकाबाट कपडा बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार वीरगञ्जबाट नारायणगढ तर्फ आउँदै गरेका चारवटा ट्रकबाट ८६ पोका कपडा बरामद भएको छ । ना ६ ख ५०६१ नम्बरको ट्रकमा २५ पोका, ना ६ ख ११३ मा २१ पोका, ना ६ ख ११६६ मा ९ पोका र ना ७ ख ९२२४ मा ३१ पोका कपडा बरामद भएको उहाँले जानकारी दिनुभयो । ती पोका भित्र कार्पेट, पर्दा सहित मानिसले लगाउने कपडाहरु रहेका छन् ।

रड बोकेका ट्रकमा लुकाएर कपडा ल्याईएका थिए । पोकाभित्र साना पोका पारेर राखिएकाले बिहानबाट गन्न थालिए पनि एकिन तथ्याङ्क आईसकेको छैन । बिलबिजक नगरी भन्सार छलेर कपडा ल्याईएको सूचनाका आधारमा ती कपडा बरामद गरिएको हो । चारवटा ट्रकका चालक समेत नियन्त्रणमा लिईएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>