कर्णाली

आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना, हिमपात पनि हुने

Banner

काठमाडौं, फागुन ११-

आज बिहान सुदूरपश्चिम प्रदेशका पहाडी भेगका केही क्षेत्रमा वर्षा भएको छ । पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीका कारण मुलुकका बाँकी पहाडी भूभागमा बदली रहेको छ । दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । बाँकी प्रदेशका पहाडी भूगका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको आँकलन गरिएको छ ।  राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा वर्षाको सम्भावना छ ।

बिहीबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । सूदूरपश्चिम,कर्णाली र प्रदेश १ का पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>