राजनीति
एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने
०

काठमाडौं, फागुन ९-
सत्ता गठबन्धनमा आवद्ध दल नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले एमसीसीको विपक्षमा रहने निर्णय गरेको छ । सोमबार काठमाडौंमा बसेको पार्टीको सचिवालयको बैठकले संसद्मा टेबुल भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बैठकबाट पार्टीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय भएको बताएका छन् । उनले अन्य पार्टीलाई पनि विपक्षमा मतदान गर्न प्रेरित गर्ने निर्णय भएको बताए ।
उनले सरकारमा बस्ने वा नबस्ने भन्ने कुरा समयले निर्धारण गर्ने जानकारी दिए । उनले यससँग एमसीसीका विषयमा आफ्नो पार्टीको पोजिसन प्रष्ट भएको बताएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























