राजनीति
माओवादी नेताले भने– मलाई रक्सी खुवाएर एमाले प्रवेश गराइयो
०

डोटी, फागुन ९-
डोटीको आदर्श गाउँपालिका माओवादी केन्द्रका उपाध्यक्ष रण नेपालीले आफूलाई रक्सी खुवाएर एमाले प्रवेश गराएको आरोप लगाएका छन् । ६ फागुनमा आदर्श गाउँपालिकामा एमालेको कार्यक्रममा आफूलाई एमालेका कार्यकर्ताले रक्सी खुवाइ एमाले प्रवेश गराएको नेता नेपालीले गत शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आफू एमालेमा नगएको र माओवादी केन्द्रमै रहेको भन्दै उनले आफूबाट भएको कमी कमजोरीप्रति क्षमा याचना गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























