राजनीति

प्रधानमन्त्री देउवा विदेशी कम्पनीसामु लम्पसार परेः भीम रावल

०
Banner

काठमाडौं,फागुन ५-

नेकपा एमालेका नेता डा. भीम रावलले १४ वर्षदेखि अलपत्र माथिल्लो कर्णाली जलविद्युत आयोजनामा भारतीय कम्पनी जीएमआरलाई थप समय दिने निर्णयमा आपत्ति जनाएका छन् ।

बिहीबार विज्ञप्ति जारी गरेर रावलले वित्तीय व्यवस्थापन लगायतका कामका लागि जीएमआरलाई फेरि दुई वर्षको समयावधि थप्ने निर्णयमा आपत्ति जनाएका हुन् ।

काम नगर्ने कम्पनीसँग सम्झौता तोड्नुको सट्टा समय थप्नु राष्ट्रिय हितमाथिको कुठाराघात भएको उनको तर्क छ । आयोजना विकास सम्झौता गरेको सात वर्ष वितिसक्दा आयोजनाको काममा जोड दिनुको साटो सम्झौताका प्रावधान विपरीत म्याद थप्नु प्रम शेरबहादुर देउवाले नेपालको राष्ट्रिय हितमाथि कुठाराघात गरेको र विदेशी कम्पनीका सामु लम्पसार परेको ठहर्छ, रावलले भनेका छन् ।

सम्झौताको तोकिएको अवधिभित्र काम नगर्दा थप्ने समय घटाएर पनि मोटामोटी हिसाब गर्दा जीएमआरले प्रतिमेघावाट प्रतिदिन १३८९ रुपैयाँका दरले नेपाललाई हालसम्म झण्डै डेढ अर्ब हर्जाना तिर्नुपर्ने उनको ठहर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>