राजनीति

जसरी पनि एमसीसी पास गर्नुपर्ने भन्दै प्रधानमन्त्रीलाई भेटे अमेरिकी राजदूतले

Banner

काठमाडौ,फागुन ५-

एमसीसीलाई लिएर सत्ता गठबन्धनबीच तीव्र मतभेद भइरहेका बेला बुधबार बेलुका नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। बुधबार दिउँसो बसेको संसद बैठकमा एमसीसी पेश हुन नसकेपछि एमसीसीको दाता मुलुक अमेरिकी राजदूत बेरी देउवासँग छलफलका लागि बालुवाटार पुगेका थिए।

बुधबार दिनभर एमसीसीलाई लिएर देशव्यापी प्रदर्शन भएको थियो। प्रदर्शनमा सत्ता साझेदार माओवादी केन्द्र र एकीकृत समाजवादी नै उत्रिएको अवस्थामा एमसीसीको पक्षमा कांग्रेस एक्लै परेको छ। यो अवस्थामा एमसीसी पास गराउने सम्भावित विकल्प र रणनीतिबारे बेरीले प्रधानमन्त्री देउवासँग छलफल गरेको स्रोतले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>