खेलकुद

दिउँसो एक बजे सुरु हुने ए डिभिजन लिगमा आज दुई खेल हुँदै

Banner

काठमाडौँ, फागुन ५-

शहीद स्मारक ए डिभिजन लिगमा अन्तरगत आज ११औं चरणका अन्तिम दुई खेल हुनेछ ।

आज दिउँसो एक बजे सुरु हुने खोलमा दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लबले एपीएफ एफसीसँग र एनआरटीले संकटा क्लबसँग खेल्दैछ ।

उपाधि मछिन्द्रले जितेपछि अब मनाङको लक्ष्य दोस्रो स्थानमै रहेर लिग सक्ने हुनेछ । १० खेलबाट मनाङको २० अंक छ । आजको खेल जिते मनाङले तेस्रो स्थानको आर्मीमाथि ४ अंकको अग्रता बनाउनेछ ।

त्यस्तै एपीएफ १० खेलबाट ११ अंकसहित ११औं स्थानमा छ । मनाङलाई पराजित गर्न सके एपीएफ रेलिगेसनबाट बच्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>