खेलकुद
मनिष डाँगी अस्पतालबाट डिस्चार्ज, स्वास्थ्य अवस्था सामान्य
०

काठमाण्डौ, फागुन ३ –
फुटबलर मनिष डाँगी अस्पतालबाट डिस्चार्ज भएका छन् । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत गएको शनिवार च्यासल युथ क्लबसँगको खेलमा उनी घाइते भएका छन् ।
त्यो खेलमा च्यासलका खेलाडीसँग मनिषको टाउको ठोक्किएको थियो । खेलको ६६ औँ मिनेटमा मैदानमै बेहोस भएका मनिषलाई त्रिपुरेश्वरको ब्लु क्रस अस्पतालमा लगेर उपचार थालिएको थियो । आज मनिष उपचार सकेर डिस्चार्ज भएको मच्छिन्द्र फुटबल क्लबले जनाएको छ ।
मनिषको स्वास्थ्य अवस्था सामान्य रहेको तर उनी कहिलेदेखि मैदान फर्कन्छन् भन्ने विषय भने अहिले भन्न नसकिने क्लबले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























