राजनीति

सभामुखलाई कार्यव्यवस्थाको बैठक राख्न प्रधानमन्त्रीको आग्रह

Banner

काठमाडौं, फागुन ३-
प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख अग्नि प्रसाद सापकोटालाई टेलिफोन गरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन आग्रह गरेका छन् ।देउवाले मंगलबार सभामुख सापकोटालाई टेलिफोन गरी प्रतिनिधि सभा बैठकका कार्यसूची तय गर्न समितिको बैठक बोलाउन आग्रह गरेका प्रधानमन्त्री निकट कांग्रेसका एक नेताले जानकारी दिए ।

प्रतिनिधि सभा बैठक बुधबार बस्ने तय भएको छ । तर कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेरनबस्ने तय भएको छैन ।प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबुल हुने सम्भावना छ । कानुनमन्त्री दिलेन्द्र प्रसाद बडुका अनुसार भोलिकै बैठकमा एमसीसी टेबुल गरौं भन्ने प्रस्ताव कांग्रेसले गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>