राजनीति

फागुन ८ गते माओवादीको केन्द्रीय समिति बैठक

Banner

काठमाडौं, फागुन ३
नेकपा माओवादी केन्द्रले यही फागुन ८ गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।

समसामयिक राजनीति, स्थानीय चुनावको तयारी र पार्टी पदाधिकारीलाई पूर्णता दिन माओवादीले फागुन ८ गते केन्द्रीय कमिटी बैठक बोलाएको माओवादी केन्द्रीय कार्यालयका प्रमुख सचिव श्रीराम ढकालले जानकारी दिए ।

बैठक अनुपम फुडल्याण्डमा बस्ने तय भएको छ । बैठक फागुन ८ र ९ गते दुई दिन बस्ने छ ।केन्द्रीय समितिको बैठकबाट केन्द्रीय सदस्यहरुको मनोनयन, पोलिटब्युरो, स्थायी समिति गठन र पदाधिकारी चयन गर्ने तयारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>