राजनीति
एमसीसी संसदमा टेबल गरिने, कानुनमन्त्री बडु

काठमाडौं, फागुन ३-
कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कप्म्याक्ट (एमसीसी) भोलि बुधबार संसदमा टेबल गर्न प्रस्ताव गरिएको बताएका छन् । यसमा सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल करिवबरिब सहमत भएको उनको दाबी छ ।
कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री बडुले भने, ‘प्रचण्डजी र माधवजीहरु हाउसमा पुर्याउन सहमत छन्, तर के जोड्न छाड्दैनन् भने सबैको सहमति भए पुर्याएन पाए राम्रो, छलफल हुने वातावरण बन्नुपर्यो पनि भन्छन् ।’छलफल हुने वातावरण बन्ने नबन्ने प्रमुख प्रतिपक्षी नेकपा एमालेको हातमा रहेको उनले बताए । मन्त्री बडु भन्छन्, उसले शर्त राखेको छ सभामुखको राजीनामा अथवा १४ जना सांसदहरु यहाँ आउनु भएन । यो शर्त पूरा गर्ने हो भने सम्भव हुन्छ, होइन भने किन जोडिराख्या ।’
त्यसैले संसदमा लैजानुपर्यो भने प्रचण्ड र माधव नेपालहरु करिब करिब सहमत भएको उनले बताए । छलफलमा आउनुहुन्छ कि आउनु हुन्न रु आए के बोल्नुहुन्छ रु त्यो उहाँहरुको विषय हो,’ उनले भने, ‘हामी ९एमसीसीलाई संसदमा० प्रवेश गराइदिऊँ, छलफल गराइदिऊँ, छलफलले रिजेक्ट गर्छ भने त्यही ठीक छ ।’ उनका अनुसार भोलि बुधबार बोलाइएको प्रतिनिधिसभाको बैठकमा नै एमसीसीबारे छलफल गर्ने प्रस्ताव सरकारले अघि सारेको छ ।























