खेलकुद

च्यासल युथ क्लबविरुद्ध लिग लिडर मछिन्द्रको अग्रता

Banner

काठमाडौं, माघ २९ –
लिग लिडर मछिन्द्र फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासल युथ क्लबविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ ।राष्ट्रिय टोलीका फरवार्ड विमल घर्तीमगर र मिडफिल्डर सुनिल बलको गोलमा मछिन्द्रले पहिलो हाफमा २–० को अग्रता लिएको हो । त्रिपुरेश्वस्थित दथरथ रंशालामा शनिबार भएको खेलको चौथो मिनेटमा विशाल राईको फ्रिकिकलाई गोलरक्षक अर्पण कार्कीले पञ्च गर्दै बचाए ।

नवौ मिनेटमा अजित गुरुङको पेनाल्टी बक्सबाहिरको प्रहारलाई विशाल श्रेष्ठले मुस्किलले नियन्त्रणमा लिदा च्यासल अग्रता लिनबाट चुक्यो । नवौं मिनेटमै बल क्लियर गर्ने क्रममा बिमल घर्तीमगरसँग ठोक्किन पुग्दा गोलरक्षक अर्पण घाइते हुन पुग्दा खेल ८ मिनेट रोकिएको थियो । पछि उनी खेल्न नसक्ने भएपछि अर्का गोलरक्षक प्रदिप भण्डारी १७औं मिनेटमा मैदान छिरेका थिए ।

१७औं मिनेटमा बिमल घर्तीमगरले गोल गर्दै मछिन्द्रलाई १–० को अग्रता दिलाए । रेजिन धिमालको कर्नरमा बिमलले हेड पोलमा लाग्दै गोलमा परिण हुदा भर्खरै मैदान छिरेका गोलरक्षक प्रदिपले रोक्ने कुनै मौका नै पाएन । जारी लिगमा विमलको यो चौथो गोल हो ।३५औं मिनेटमा सुनिल बलले गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर पारे । उनले विमलको पासमा सुन्दर फिनिस गरेका थिए । जारी लिगमा सुनिलको यो छैटौं गोल हो । ३९औं मिनेटमा मौसा एवागनाको प्रहारलाई डाइभ दिदै बचाउँदा च्यासल अग्रता कम गर्नबाट चुक्यो ।

सुरुवाती ह्वीसिल बज्नुअघि कमल श्रेष्ठले आफ्नो जर्सी नम्वरविनै अर्को नम्वरमा मैदान उत्रिएपछि खेल सुचारु हुन केही ढिला भएको थियो । खेल केही वेर ढिला सुरु भएपनि रेफ्रीको निर्णयपछि खेल सुचारु गरिदा च्यासलले १० खेलाडीमा रहेर खेलको सुरुवात गरेको थियो । च्यासलले सुरुवाती पाँच मिनेट १० खेलाडीमा खेल्नुपरेको थियो । त्यसपछि उनको स्थानमा सागर थापालाई मैदानमा प्रवेश गराइएको थियो ।साभार हाम्रो खेलकुद

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>