खेलकुद

एन्फाको विशेष साधारण सभा स्थगित

Banner

काठमाडौं, माघ २९

अखिल नेपाल फुटबल संघ (एन्फा) को शनिबार हुने भनिएको विशेष साधारण सभा स्थगित भएको छ । एन्फाको आसन्न निर्वाचनका लागि तयार पारिएको नियमावलीमा विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) को सुझावका लागि केहि समय लाग्ने भएकाले एक साताका लागि साधारण सभा स्थगित गरिएको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।

तुलाधरका अनुसार एन्फाको विधान अनुसार साधारण सभाले नै एन्फाको निर्वाचन समिति र निर्वाचन पुनरावलोकन समिति गठन गर्नुपर्नेछ । भर्चुअल माध्यमबाट हुने भनिएको एन्फा विशेष साधारण सभामा एन्फाका ४८ सदस्य जिल्ला फुटबल संघ, ए,बी, सी डिभिजनका प्रतिनिधि, महिला समिति, प्रशिक्षक समिति, खेलाडी, रेफ्री समितिका प्रतिनिधिले भाग लिनेछन् । महासचिव तुलाधरले बी र सी डिभिजन क्लबको शुक्रबार बसेको साधारण सभाबाट विशेष साधारण सभाका लागि प्रतिनिधि क्लब चयन भएको बताए का छन् । बी र सी डिभिजनमा समान १४ क्लब छन् । बीबाट ११ र सीबाट ९ क्लबले विशेष साधारण सभामा भाग लिनेछन् ।

‘विशेष साधारण सभाबाट चुनिएका क्लबका प्रतिनिधिले विशेष साधारण सभामा भाग लिने हो,’ उनले भने,‘ २०७९ जेठ १५ गते हुने एन्फा निर्वाचनका लागि निर्वाचिन समिति गठन भएपछि त्यसले तोके अनुसार प्रतिनिधि क्लब चयन हुनेछन् ।’त्यस्तै बीबाट बाँसबारी, वीरगन्ज युनाइटेड, ब्वाइज युनिय, चर्च ब्वाइज युनाइटेड, झम्सीखेल युथ , खुमलटार, मध्यपुर युथ एसोसिएसन, नयाँवस्ती युथ क्लब, सामिाजक युथ , सरस्वती युथ र श्रीकुमारी क्लबबा प्रतिनिधिले विशेष साधारण सभामा भाग लिनेछन् ।

सी डिभिजनबाट वीरगन्ज युथ एकेडेमी, महावीर, खालीबारी,स्वयम्भु, आरसी ३२ फुटबल एकेडेमी, मनोहरा युनाइटेड एकेडेमी, प्लानिङ ब्वाइज युनाइटेड, ओसिस र पुल्चोक स्पोर्टसका प्रतिनिधिले विशेष साधारणमा भाग लिने महासचिव तुलाधरले जानकारी दिए । सम्बन्धित क्लबले नै प्रतिनिधि तोक्नेछन् । साभार हाम्रो खेलकुद

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>