खेलकुद

‘ए’ डिभिजन लिगमा आज रोमाञ्चक तीन खेल हुदै

Banner

काठमाडौं, माघ २९–
कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (शनिबार) १०औं चरणको दोस्रो दिन विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुदैछ । आज पुलिसले सातदोबाटो, मछिन्द्रले च्यासल र मनाङले थ्री स्टारसँग खेल्दैछ ।विभागीय टोली नेपाल पुलिस क्लब र नवप्रवेशी सातदोबाटो युथ क्लबबीचको खेल एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो १ बजे हुनेछ । यो सिजनको लिगमा सातदोबाटोको टर्फ मैदान पहिलोपटक हुन लागेको हो । यसअघि दशरथ रंगशाला र पोखरामा लिगका खेल सञ्चालन भएको थियो ।पुलिस नव प्रवेशी सातदोबाटोलाई हराउँदै रेलिगेसनको दवावबा उम्कन चाहन्छ ।

पुलिस ९ खेलबाट १० अंक जोडेर १०औं स्थानमा रहेको छ । सातदोबाटोलाई हराउन सके पुलिस सातौ स्थानमा उक्लेछ ।सातदोबाटो पनि पुलिसलाई हराउँदै अंक तालिका थप मजवुत बनाउन चहान्छ । सातदोबाटो ९ खेलबाट १२ अंक जोडेर सातौ स्थानमा रहेको छ । पुलिसलाई हराउन सके सातदोबाटो कम्तीमा एक दिनको लागि पाँचौ स्थानमा उक्लनेछ ।यस्तै लिग लिडर मछिन्द्र फुटबल क्लबले रेलिगेसन जोनमा रहेको च्यासल युथ क्लबसँग दशरथ रंगशालामा दिउँसो १ बजे खेल्नेछ । लिगमा अपराजित रहेको साविक विजेता मछिन्द्र च्यासललाई हराउँदै उपाधि यात्रा थप मजवुत बनाउन चहान्छ । मछिन्द्र ९ खेलबाट २३ अंक जोडेर शीर्ष स्थानमा छ ।

यता, च्यासल पनि लिग लिडरलाई स्तब्ध पार्दै रेलिगेसन जोन छाड्ने लक्ष्यमा मैदानमा उत्रनेछ । च्यासल ५ अंक जोडेर पुछारमा रहेको छ । च्यासलले एक मात्र जित निकाल्दा ६ हार भोगिसकेको छ ।आजै घरेलु फुटबलको ‘एल क्लासिको’ मा दोस्रो स्थानमा रहेको मनाङ मस्र्याङ्दी क्लब र रुस्लान थ्री स्टारबीचको खेल दिउँसो ४ः४५ बजे हुनेछ । कीर्तिमानी आठ पटकको लिग च्याम्पियन मनाङलाई यसपटक उपाधि होडमा रहन यो खेल निकै महत्वपूर्ण छ । बराबरी वा हारको नतिजाले मनाङलाई उपाधि होडमा रहन चुनौती बन्नेछ ।

सोही कारण उपाधि दौडमा रहेको मनाङ थ्री स्टारलाई हराउँदै उपाधि यात्रालाई जीवितै राख्ने लक्ष्यमा मैदानमा हुनेछ । मनाङ ९ खेलबाट १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । मनाङको बराबरी या हारले मछिन्द्रको उपाधि यात्रालाई फाइदा पुग्न सक्छ ।थ्री स्टार पनि मनाङलाई हराउँदै दोस्रो स्थानमा उक्ले लक्ष्यमा हुनेछ । नियमित कप्तान विक्रम लामाको अनुपस्थितिमा अनन्त तामाङले मनाङविरुद्धको खेलको नेतृत्व गर्नेछ । उनी मनाङसँगको खेलपछि इन्डियन सुपर लिग (आइएसएल) का लागि भारत जानेछ । उनी आइएसएल क्लब इस्ट बंगालमा अनुबन्धित भएका छन् ।मनाङलाई हराउन सके थ्री स्टारले मनाङसँगको अंक बराबरी गर्नेछ । थ्रीस्टार ९ खेलबाट १६ अंक जोडेर चौथो स्थानमा रहेको छ । साभार हाम्रो खेलकुद

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>