खेलकुद

सहिद स्मारक ‘ए’ डिभिजन लिग- आज देखि १० औं चरणको खेल सुरु

Banner

काठमाडौं, माघ २८-

कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत आज (शुक्रबार) देखि १०औं चरणका खेलहरु शुरु हुदैछ ।१०औं चरणको पहिलो दिन दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । दुवै खेल त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा हुनेछ । दिउँसो १ बजे फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लब ९बीबीसी० बीच प्रतिस्पर्धा हुनेछ ।

दुबै टोलीलाई रेलिगेशनको चिन्ता छ । दुवै टोली जित निकाल्दै रेलिगेसन टार्ने योजनामा मैदान उत्रनेछ । बीबीसीको तुलनामा फ्रेन्ड्सलाई बढी रेलिगेसनको डर छ । फ्रेन्ड्सले नवौं चरणसम्म जित निकाल्न सकेको छैन । त्यसैले फ्रेन्ड्स बीबीसीलाई हराउँदै रेलिगेसन जोगाउने लक्ष्यमा मैदान उत्रनेछ ।

बीबीसीविरुद्ध पनि जित निकाल्न नसके फ्रेन्ड्सको रेलिगेसन सम्भावना बढ्नेछ । बीबीसी भने फ्रेन्ड्सलाई पराजित गर्दै रेलिगेशन क्षेत्रमै पर्न चाहदैन । फ्रेन्ड्स ३ अंक जोडेर पुछारमा रहेको छ । बीबीसी ६ अंक जोडेर १२औं स्थानमा रहेको छ ।

दिनको दोस्रो खेलमा ४ः४५ बने त्रिभुवन आर्मी फुटबल क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी जित निकाल्दै शीर्ष स्थानको मछिन्द्र र दोस्रो स्थानको मनाङलाई दबाब बढाउन चाहन्छ ।जावलाखेल पनि आर्मीलाई रोक्दै रेलिगेशनको दबाबबाट मुक्त हुन चाहन्छ । आर्मी १७ अंक जोडेर तेस्रो स्थानमा तथा जावलाखेल ८ अंक जोडेर ११औं स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>