राजनीति

कार्यव्यवस्था परामर्श समितिको बैठक भोली बस्दै

Banner

काठमाडौं,२५ माघ-
सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बुधबार दिउँसो प्रतिनिधिसभाको बैठक बोलाइएकाले संसद बैठकमा छलफल गर्ने विषय तय गर्न बुधबार दिउँसो साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको सभामुखको सचिवालयले जानकारी दिएको छ । यो समितिमा सभामुखसहित संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधि रहनेछन् ।

यता संसद सचिवालयले बुधबारको बैठकको सम्भावित कार्यसूची पनि सार्वजनिक गरेको छ । जसमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको आर्थिक वर्ष २०७७र०७८ को वार्षिक प्रतिवेदन पेश गर्ने र संविधानसभाका सदस्य जगतबहादुर ताजपुरियाको निधनमा शोकप्रस्ताव पारित गर्ने उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>