चितवन विशेष
चितवन गार्डेन रिसोर्टको दोश्रो अधिवेशन सम्पन्न : अध्यक्षमा दोहोरिए असोक श्रेष्ठ
०

विनय आचार्य
चितवन, माघ २४ –
चितवन गार्डेन रिसोर्टको चौथो विशेष साधारण सभा तथा दोश्रो अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले रिसोर्ट सञ्चालक समितिको अध्यक्षमा पुनः असोक श्रेष्ठलाई नै सर्वसम्मतले चयन गरेको छ । अधिवेशनले प्रबन्ध निर्देशकमा जनार्दन रिजाल, सदस्यहरुमा सुरेन्द्र रिजाल, इमनाथ पौडेल, घनस्याम सुवेदी, मनिस शर्मा, दिव्यबाबु नेपाल, दिनेशराज वस्ती र हरिप्रसाद अधिकारीलाई चयन गरेको छ ।
२८ वटा पूर्ण वातानुकुलित डिलक्स सयन कक्षहरू साधारण सभा, गोष्ठी, सेमिनार, कार्यशालाका लागि ४ वटा ठूला साना हलहरु, सुन्दर बगैंचा, स्वीमिङ पुल तथा प्रशस्त पार्किङ्ग क्षेत्रसहित भरतपुर विमानस्थल पछाडि रहेको रिसोर्टले रिसोर्ट समबन्धी सम्पूर्ण सेवा उपलब्ध गराउँदै आएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























