देश/प्रदेश
नरसंहार दोहोर्याउने अभिव्यक्ति दिएकी यादव विरुद्ध रौतहटमा उजुरी
०

रौतहट, माघ २४-
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले ५ गते गौर नरसंहार दोहोर्याउने अभिव्यक्ति दिएपछि उनी विरुद्ध जिल्ला प्रहरी कार्यालय, रौतहटमा उजुरी परेको छ।
२०६३ चैत ७ गते गौरमा २७ जना माओवादी कार्यकर्ताको हत्या भएको घटना उल्लेख गर्दै मन्त्री यादवले गत माघ ५ गते गौर नरसंहार दोहोर्याउने अभिव्यक्ति दिएकी थिइन् ।
मन्त्रीको उक्त अभिव्यक्तिले मुलुकी अपराध संहिता, २०७४ को दफा ३५ को कसूर गर्न दुरुत्साहन दिने र द्वन्द्व फैलाउने जाहेरीमा उल्लेख छ।
त्यस्तै उक्त समय पछि यादवलाई मन्त्रीबाट हटाउनुपर्ने आवाज पनि उठिरहेको समयमा आइतबार जिल्ला प्रहरी कार्यालय, रौतहटमा उजुरी परेको हो ।
नागरिक अभियानकर्मी तारानाथ दाहालले उनी विरुद्ध आइतबार डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयमार्फत जाहेरी दरखास्त दिएका हुन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























