देश/प्रदेश
चन्द्रागिरि हिउँ खेल्दा बेपत्ता भएको पाँच जनाको राति सवा १ बजे उद्धार
०

काठमाडौँ, माघ २४-
हिउँ खेल्न चन्द्रागिरि डाडाँ जाँदा बेपत्ता भएको पाँच जनालाई प्रहरीले सोमबार विहान सवा १ बजे चन्द्रागिरी जंगलबाट उद्धार गरेको छ ।
काठमाडौं चन्द्रागिरी नगरपालिका-६ महादेवस्थान बस्ने एकै परिवारका ५ जनाको राति सवा १ बजे पाँच घण्टापछि प्रहरीले उद्धार गरेको हो ।
महानगरीय नगर प्रहरी कार्यालय भृकुटिमण्डपबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा विपद् ब्यबस्थापन गुल्म सामाखुसी र प्रहरी नायव उपरीक्षक डिल्लि नारायण पाण्डेय गरी ३७ जनाको टोली खोजि कार्यको लागी खटिएको प्रहरीले जनायो।
वर्ष २३ की रिता गुरुङ, वर्ष १५ का सौभाग्य, वर्ष १३ का सहज, वर्ष ११ की जेनिसा, वर्ष ७ की एरविन हराएपछि राति साढे ८ बजे छोराछोरी हराएको भन्दै आफन्तले प्रहरीमा खबर गरेका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























