देश/प्रदेश
पछिल्लो २४ घण्टामा थपिए १ हजार ३८६ नयाँ कोरोना संक्रमित, थप ११ जनाको मृत्यु
०

काठमाडौँ, माघ २३-
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ भने १ हजार ३८६ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६ हजार ४४३ जनाको पीसीआर र दुई हजार ८०८ जनाको एन्टीजेन परीक्षण गर्दा एक हजार ३८६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा आठ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ४५ हजार २४८ संक्रिय संक्रमित छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























