देश/प्रदेश

प्रजातन्त्र पार्टीभित्र कोही असन्तुष्ट छैन: लिङ्देन

Banner

काठमाडौँ, माघ २३-

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र कोही पनि असन्तुष्ट नरहेको बताउनुभएको छ ।

आइतबार पार्टीको केन्द्रीय कार्यालयमा आफूले पार्टीको विधान बमोजिम मनोनयन गरेका पदाधिकारीहरुलाई स्वागत गरेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ अध्यक्ष लिङ्देनले पार्टी भित्र कुनै सदस्य पनि असन्तुष्ट नरहेको बताउनुभएको हो । निवर्तमान अध्यक्ष कमल थापाले उठाएको विषयमा छलफल भइरहेको भन्दै उहाँले सो विषयलाई निकट भविष्यमै टुंगोमा पु¥याउने बताउनुभयो ।

पार्टीको कार्यकर्ता र शुभेच्छुकहरुलाई चाँडै सकारात्मक सन्देश प्रवाह गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिले कोहीपनि सदस्य साथीहरु राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र असन्तुष्ट हुने अथवा असन्तुष्ट रहनुभएको अवस्था छैन । निवर्तमान अध्यक्षजीसँग केही विषयहरु छन्, त्यस विषयमा हामी छलफलमा छौँ । र त्यो विषयमा पनि हामी निकट भविष्यमै टुंगोमा पु¥याउँछौ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता र शुभेच्छुकहरुलाई हामी निराश बनाउँदैनौ । चाँडै हामी सकारात्मक सन्देश प्रवाह गर्छौ ।’

अध्यक्ष लिङ्देनले आइतबार मनोनित गरिएका पदाधिकारीहरुलाई पार्टी कार्यालयमा स्वागत गर्नुभएको हो । मनोनित २४ जना पदाधिकारीहरु मध्ये केही पदाधिकारी भने उपत्यका बाहिर भएकाले उहाँहरुले पछि पत्र बुझ्ने पनि अध्यक्ष लिङ्देनले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>