देश/प्रदेश

सप्तरीमा पेट्रोल छर्केर आगो लगाउँदा भाउजूको मृत्यु, देवर फरार

Banner

सप्तरी, माघ २३-

सप्तरीमा पेट्रोल छर्केर आगो लगाउँदा एक जना महिलाको मृत्यु भएको छ ।

देवरले पेट्रोल छर्केर आगो लगाउँदा घाइते भएकी भाउजूको उपचारको क्रममा विराटनगरमा मृत्यु भएको हो । सप्तरी बोदेबर्साइन नगरपालिका-१ की २७ वर्षीया राजकुमारीको शरीरको विभिन्न भाग आगोले जलेका थिए ।

उनलाई माघ २१ गते बिहान घरमा रोटी पकाइरहेको अवस्थामा आफ्नै २० वर्षीय देवर प्रमेश्वर साहले शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।

त्यस्तै सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेका अनुसार उनका ३० वर्षीय पति रबिनकुमारले आफू घर बाहिर भएको समयमा पत्निको शरीरमा आगो लगाएको भन्दै उजुरी दिएका थिए
र हाल आगजनी गर्नेको खोजी भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>