देश/प्रदेश

प्रेस चौतारी नेपालको स्थापना दिवसका अवसरमा दुई पत्रकार सम्मानित

Banner

मोरङ, माघ २२-

प्रेस चौतारी नेपालको स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा कृष्णप्रसाद सिग्दल स्मृति युवा पत्रकारिता पुरस्कारबाट दुई पत्रकार सम्मानित हुनुभएको छ ।

सम्मानित हुनेमा पत्रकार घनश्याम भण्डारी र नेत्र पि अधिकारी रहेका छन् । भण्डारीलाई कृष्णप्रसाद सिग्दल स्मृति युवा पत्रकारिता पुरस्कार-२०७७ र अधिकारीलाई २०७८ बाट सम्मानित गरिएको हो । उक्त पुरस्कारको राशि जनही रु ११ हजार १११ रहेको छ ।

पूर्वमन्त्री भानुभक्त ढकालले दुबै जनालाई सो पुरस्कार प्रदान गर्दै संविधान र सङ्घीयताको सुनिश्चिातका लागि तोकिएको समयमा स्थानीय तहको निर्वाचन हुनुपर्ने बताउनुभयो । उहाँले स्थानीय तह जनप्रतिनिधिविहीन हुनु अगाडि नै निर्वाचन हुनुपर्छ भन्दै नेकपा एमाले जनताको सार्वभौमसत्ता कायम राख्न सदैब निर्वाचनको पक्षमा रहेको बताउनुभयो ।

नेकपा एमालेका केन्द्रीय सदस्य बिनोद ढकालले पेशागत हकहितका लागि सङ्गठित रुपमा कार्य गरी स्वच्छ, मर्यादित र निश्पक्ष रुपमा जनतालाई सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रेस चौतरीका जिल्ला अध्यक्ष सुदिप कोइराला, नेकपा एमालेका जिल्ला सचिव रुपेश खतिवडा, चौतारीका केन्द्रीय लेखा संयोजक विक्रम लुईटेल, नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष सञ्जीव खनाल, पे्रस सेन्टर नेपाल जिल्ला अध्यक्ष अर्जुन आचार्य र नेपाल प्रेस युनियनका जिल्ला उपाध्यक्ष कौशल निरौलाले सबल र मर्यादित पत्रकारिताका लागि पत्रकारहरुको पेशागत सुरक्षाको ग्यारेन्टी हुनुपर्नेमा जोड दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>