देश/प्रदेश

भुकम्प गएको छ बर्ष पुग्दा समेत टेकोको भरमा पाटन बस्ती (फोटो फिचर )

Banner

काठमाडौँ, माघ २२-

ऐतिहासिक पुरातात्विक महत्व बोकेको पाटनको पुराना बस्तीहरु टेकोमा अडिएका छन् ।

२०७२ सालको भुकम्पपछि देशभर पुननिर्माणको लहर आयो । बस्ती बस्तीमा नयाँ नयाँ घर बने । तर ललितपुरको पाटन बस्ती भने भुकम्प गएको छ बर्ष पुग्दा समेत अझैं टेकोमा अडिएको हो ।

ऐतिहासिक पुरातात्विक महत्व बोकेको पाटनको पुराना बस्तीहरु:

मंगलबजार,बंगलामुखी,गावाहाल,नटोल,पाटनढोकाका टोलमा घरमा लगाइएको टेकोहरु आझै हट्न सकेको छैन । कतिपय ठाँउमा लगाइएको टेको पुरानो भएको र भाँचिएको समेत देख्न सकिन्छ ।

सरकारले भुकम्प पछिको पुननिर्माणको लागि गठन भएको राष्ट्रिय पुननिर्माण प्राधिकरण आफ्नो समयावधी सकिएर खारेज भइसक्यो । यसरी लगाइएका टेकाहरु किन हट्न सकेन, टेका लगाइएका घरहरुको पुननिर्माण किन भएन ? खोजिनुपर्ने विषय छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>