अपराध

उखुबारी हत्याकाण्ड : आज थप दुई आरोपी सार्वजनिक

Banner

काठमाडौँ, माघ २२-

मोरङ उखुबारी भएके हत्याकाण्डमा संलग्न थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका ३ आमतोला बस्ने ३३ वर्षीय मोहमद सुभाम र सुनसरी देवागन्ज गाउँपालिका ६ बस्ने जिरोगौवाका १८ वर्षीय मोहमद हकिम रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले शुक्रबार पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।

त्यस्तै उनीहरूलाई सप्तरीका शम्भु कुमार चौधरी र सुनसरीका राजेन्द्र कुमार श्रेष्ठको हत्या गरी खाल्डो खनी गाडेको कसूरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि प्रहरीले सोही हत्याकाण्डमा संलग्न रहेको आरोपमा ३ जनालाई हिजो सार्वजनिक गरेको थियो ।

प्रहरीको अनुसन्धानबाट मंसिर २८ मा ललितपुरको धापाखेलमा तेह्रथुम घर भएका ६२ वर्षीय मोहनप्रसाद लिम्बुको हत्या भएको थियो भने सप्तरी घर भएका चौधरी र सुनसरीको धरान उपमहानगरपालिका–३ घर भएका श्रेष्ठलाई मोरङको धनपालथान गाउँपालिका–७ मा रहेको उखुबारीमा लगेर हत्या गरेको पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>