इच्छकामना

चितवनका भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण

Banner

चितवन,माघ २१-

सरकारले चितवनका भूमिहीनहरुलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ ।

शुक्रवार चितवनको इच्छाकामना गा.वि.स.७ तथा साविकको जुटपानी गा.वि.स. ९ क का भूमिहीनहरुलाई सरकारले गाउँ ब्लक जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो । प्रमाणपत्र वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले लालपुर्जा नहुँदा राष्ट्रियता बिहीन भएर बस्नुपरेको अवस्थालाई केन्द्रित गर्दै जग्गाधनी प्रमाणपत्र वितरण गरिएको बताउनु भयो । उहाँले जग्गाधनी प्रमाणपत्र नहुँदा नागरिकतासमेत नपाएको र संविधानले दिएको अधिकारको उपभोग समेत गर्न नपाएको बताउनु भयो । मन्त्री श्रेष्ठले यसअघिका सरकारले जग्गाधनीहरुलाई लालपुर्जा उपलब्ध गराउने काम प्राथमिकतामा नराखे पनि अहिलेको सरकारले जग्गाधनीहरुलाई लालपुर्जा दिने काम पहिलो प्राथमिकतामा राखेको बताउनु भयो । मन्त्री श्रेष्ठले वास्तविक भूमिहीनहरुलाई अधिकार प्राप्त गर्नबाट वञ्चित गराउन नहुने बताउनु भयो ।

कार्यक्रममा जग्गाधनीको प्रमाणपत्र पाएकाहरुले खुशी व्यक्त गरेका छन् । अहिलेसम्मको सरकारले आफूलाई नेपाली नागरिक नै नठाने पनि यस सरकारले जग्गाधनी प्रमाणपत्र वितरण गरेर आफ्नो अधिकार दिलाएको बताए । लाभग्राही मध्येकी एक चममाया मगरले भन्नुभयो, ‘अहिलेको सरकारले दियो खुशी लागेको छ । अब आउने सरकारले दिन्छ दिँदैन, हामी नभए पनि हाम्रा छोरा नातीलाई त भयो नि ।’ लाभग्राहीहरुले कानूनि रुपबाट जग्गाको धनी बनेपछि संविधानले दिएको अधिकार पाउनेमा आशावादी रहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>